बुधबार, कार्तिक १९ गते २०८३
images
images

बाबुरामले गराए निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता

एक्सप्रेस पाना
श्रावण १२, २०७९ बिहीबार
  • 433
    SHARES
  • बाबुरामले गराए निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता

    साउन १२ काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको नयाँ दल नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको भट्टराई निकटका विश्वदीप पाण्डेले जानकारी दिए ।

    images

    नेपाल समाजवादी पार्टीको चुनाव चिन्ह आँखा रहेको छ । दलमा महेन्द्र राय यादवलगायत नेताहरू छन् ।

    कम्युनिस्ट पार्टी छाडेर नयाँ राजनीतिक मार्गमा हिंडेका भट्टराईले विगतमा नयाँ शक्ति पार्टी खोलेका थिए । उक्त पार्टी संघीय समाजवादी फोरमसँग एकीकरणपछि संघीय समाजवादी पार्टी बनेको थियो । पछि राष्ट्रिय जनता पार्टीसँग एकीकरण भई जनता समाजवादी पार्टी बन्यो । बाबुराम जसपाबाट अलग भए ।

    images

    कुनैबेला जनमोर्चामा रहेका बाबुराम माओवादी जनयुद्धमा लागेका थिए । यसरी उनले सातौं पार्टीमा आफूलाई संलग्न गराइसकेका छन् ।