बुधबार, कार्तिक १९ गते २०८३
images
images

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ पुगे ?

एक्सप्रेस पाना
श्रावण १३, २०७९ शुक्रबार
  • 1.1K
    SHARES
  • स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ पुगे ?

    साउन १३ काठमाडौं । सरकारले विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू हेरफेर गरेको छ । स्थानीय तह निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरू आएपछि उनीहरूको अनुकुल हुने गरी सत्तारुढ गठबन्धनले कर्मचारीको सरुवा गरेको हो ।

    images

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बुधबारको निणर्यले सामान्य प्रशासन समूहको राजपत्राङ्कित द्वितीय श्रेणीका ३४ जना उपसचिव र ५९ जना शाखा अधिकृत कर्मचारीहरूको सरुवा गरेको हो ।

    मन्त्रालयले कतिपय प्रमुख प्रशासकीय अधिकृतलाई एक स्थानीय तहबाट अर्को स्थानीय तहमा, र कतिपयलाई एक स्थानीय तहबाट अन्य निकायमा खटाएको छ ।

    images

    केही अन्य निकायबाट स्थानीय तहमा भित्रिएका पनि छन् । उपसचिवमध्ये १५ जना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छन् भने नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहेका ७ जना अन्य निकायमा सरुवा भएका छन् । त्यस्तै, १२ वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू फेरिएका छन् ।

    2.jpg

    22.jpg

    222.jpg