बुधबार, कार्तिक १९ गते २०८३
images
images

निर्वाचनको मिति घोषणा गर्न राप्रपा अध्यक्ष लिङ्देनको माग

एक्सप्रेस पाना
श्रावण १३, २०७९ शुक्रबार
  • 268
    SHARES
  • निर्वाचनको मिति घोषणा गर्न राप्रपा अध्यक्ष लिङ्देनको माग

    साउन १३ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले अविलम्ब संसदीय चुनावको मिति घोषणा गर्न माग गरेका हुन् ।
     
    विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सङ्घीय संसद् र प्रदेशसभा सदस्य पदका लागि मङ्सिरमा निर्वाचन गर्न र निर्वाचनको मिति अविलम्ब घोषणा गर्न माग गरे । 
     
    अध्यक्ष लिङ्देनले एक प्रश्नको जवाफमा अध्यक्ष लिङ्देनले मुलुकको परराष्ट्र नीति सन्तुलनमा राख्न असंलग्न परराष्ट्र नीतिका आधारमा अघि बढ्न सुझाव दिए ।  

    images

    वर्तमान गठनबन्धन सरकारले दलीय एवं व्यक्तिगत स्वार्थ त्यागी जनतालाई सर्वोपरि ठानेर महँगी नियन्त्रण लगायतका काम गर्न पनि सुझाव दिएका हुन् ।