हेटौंडा । संसदबाट पास गरिएको नागरिकता विधयेक विरुद्ध राप्रपा मकवानपुरले हेटौंडामा राँके जुलुस निकालेको छ।
राप्रपाले नागरिकता विधेयकको विरोधमा केन्द्रिय कार्यक्रम अन्तर्गत विरोध प्रदर्शन गरेको हो । राष्ट्रघाती नागरिक अध्यादेश र संघीयता खारेज गर्न माग गर्दे राँके जुलुस निकालिएको थियो । हेटौंडा ५ सानोपोखरा स्थित राप्रपाको पार्टी कार्यालयबाट सुरु भएको जुलुस कान्तिराजथ,बुद्धचोक हुँदै सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा सम्बोधन गर्दे राप्रपा केन्द्रीय सदस्य दिपक बहादुर सिंहले प्रतिनिधि सभाबाट पारित भएको नागरिकता विधेयक नेपाली जनतालाई नचाइएको बताउनुभयो । विधेयक पास गर्न छिमेकी देश भारतले नेताहरुलाई ठुलो आश्वासन दिएको उहाले बताउनुभयो । एमालेले नौ महिना प्रतिनिधिसभा अवरोध गरेको तर नागरिकता विधयेक विरुद्द चुक्क समेत बोल्न नसकेको सिंहले बताउनुभयो । सिंहले स्थानिय तहको चुनावमा आफुलाई सहयोग गर्ने जनताले अव आउने चुनावमा समेत साथ दिने विश्वास रहेको बताउनुभयो ।
.jpg)

