आइतबार, कार्तिक १६ गते २०८३
images
images

दाई भीम आचार्य मुख्यमन्त्री बन्दै गर्दा आफ्नै भाई घरमा मृत भेटिए

एक्सप्रेस पाना
भाद्र १०, २०७८ बिहीबार
  • 282
    SHARES
  • दाई भीम आचार्य मुख्यमन्त्री बन्दै गर्दा आफ्नै भाई घरमा मृत भेटिए

    भदौ १० काठमाडौं । प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका एमाले सचिव भीम आचार्यका भाई रामप्रसाद आचार्यको मृत्यु भएको छ । सुनसरी प्रहरीका अनुसार उनी आफ्नै निवासमा सुतेकै ओछ्यानमा बिहान मृत भेटिएका हुन् ।

    images

    घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली इनरुव नगरपालिका ३ स्थित आचार्य निवासमा पुगेको थियो । सो क्रममा ५९ वर्षीय रामप्रसाद मृत भेटिएको प्रहरीको भनाइ छ । घटनाको अवस्था हेर्दा अन्य मानिसको संलग्नता नरहेको जस्तो देखिएको प्रहरीको भनाइ छ ।

    ढोकाको चुक्कुल भित्रबाट लगाएको अवस्थामा ओछ्यानमै लडिरहेको अवस्थामा आचार्यको शव रहेको थियो । मृत्युको कारण खुल्न नसकेको प्रहरीको भनाइ छ । यद्यपि घटनाको बारेमा गहन अनुसन्धान गरिने प्रहरीको भनाइ छ । उता भीम आचार्य भने एमाले संसदीय दल प्रदेश १ को नेतामा आजै चयन भइसहेको छन् । उनले आजै मुख्यमन्त्रीको पद बहाली गर्ने तालिका पनि सार्वजनिक भइसहेको छ ।

    images

    त्यस्तै मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष राजीनामा बुझएका छन् ।