बुधबार, कार्तिक १९ गते २०८३
images
images

अध्यक्षमा राजन बोगटि निर्वाचित

एक्सप्रेस पाना
श्रावण १४, २०७९ शनिबार
  • 263
    SHARES
  • अध्यक्षमा राजन बोगटि निर्वाचित

    साउन १४ हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी हेटौंडा उपमहानगरपालिका वडा न ५ कार्यसमितिको भेलाले राजन बाेगटिकाे अध्यक्षतामा २१ सदस्यीय कमिटि सर्वसम्मतरुपमा पुनर्गठन गर्दै भेला सम्पन्न भएको छ ।

    images

    उक्त कार्यक्रममा प्रमुख अतिथि एवम् राप्रपा केन्द्रीय सदस्य दिपक बहादुर सिंह, उपाध्यक्ष सागर थापा, उपाध्यक्ष ज्ञानेन्द्र राज ढुङगेल,उपाध्यक्ष शंकर सिंह ठकुरी , सह-सचिब लक्ष्मण सापकाेटा, किसान सगठन केन्द्रीय उपाध्यक्ष यदुनाथ तिमल्सिना, किसान संगठन केन्द्रीय सदस्य देब नारायण सापकाेटा, क्षेत्रीय सचिब बिकास दुलाल र महिला सगठन जिल्ला अध्यक्ष बाल कुमारि डल्लाकाेटि काे सहभागीता रहेको थियो । नव निर्वाचित अध्यक्ष राजन बोगटिले राप्रपालाई सशक्त राष्ट्रवादी शक्ति र सर्बोत्कृष्ठ दलको रुपमा स्थापित गर्न समर्पित हुने प्रतिवद्वता व्यक्त गर्नु भएको थियो ।