बुधबार, कार्तिक १९ गते २०८३
images
images

सीसीटीभी फुटेज एक घण्टामा रिकभर गरिदिने रवि लामिछानेको दाबी

एक्सप्रेस पाना
श्रावण १५, २०७९ आइतबार
  • 306
    SHARES
  • सीसीटीभी फुटेज एक घण्टामा रिकभर गरिदिने रवि लामिछानेको दाबी

    साउन १५ काठमडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अर्थमन्त्रालयको डिलिट भएको भनिएको सीसीटीभी फुटेज १ घण्टामा रिकभर हुने दाबी गरेका छन् । पार्टीको सूदुरपश्चिम भेलालाई हिजो शनिबार धनगढीमा सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो दाबी गरेका हुन् । 

    images

    'चुनौतीका साथ भन्छु, मलाई १ घण्टाको लागि अर्थमन्त्रालयको कम्प्युटरको हार्डडिस्क दिइयोस्', उनले भने, कस्तो कलरमा चाहिन्छ ? एचडीमा चाहियो कि ? रिकभर गरेर सर्वसाधारणलाई देखाउन सकिनँ भन्ने भन्नुहोला,।' लामिछानेले प्रमुख प्रतिपक्षी एमालेले एम अधिकारीसँग सीसीटीभी फुटेज हराएको विषय साटेको आरोप पनि लगाए । देशको सबैभन्दा ठूलो समस्या भ्रष्टचार रहेको भन्दै यसलाई जरैबाट उखेल्नु पर्ने बताए । 'सिंहखरबारमा गएर २४ घनटामा २४ जनालाई ठेगान लगाउन सकिन्छ त्यो ग्यारेन्टी दिन्छु' यनले भने । आफू मिडियाकर्मलाई पूर्णबिराम लगाँदै राजनीतिमा होमिए पनि टेलिभजनकर्मीका रुपमा प्राप्त गरेका लोकप्रियताको फाइदा उठानका लागि राजनीतिमा नआएको उनको भनाई छ । उनले आफूलाई राजनीतिक कसीमबाट नै जाँचन सबैलाई आग्रह गरे । 

    धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले जनता स्वतन्त्र भएन भने विकास हुन नसक्ने बताए । जनताको पहिलो काम भनेकै आफू स्वतन्त्र हुनु रहेको उनले बताए । जबसम्म याृे पार्टी र त्यो पार्टी हौं भन्न छोड्दैनौं तबसम्म हामीले चाहेको जस्तो नेपाल बन्दैन । त्यसैले नागरिक स्वतन्त्र हुन जरुरी छ, प्रमुख हमालले भने । यो समाचार आजको द नेपालटपमा रहेको छ । 

    images