बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रधानमन्त्री भेट्न प्रचण्ड बालुवाटारमा, अर्थमन्त्रीलाई नियुक्त गर्ने यस्तो छ प्रचण्डको तयारी

एक्सप्रेस पाना
श्रावण १५, २०७९ आइतबार
  • 461
    SHARES
  • प्रधानमन्त्री भेट्न प्रचण्ड बालुवाटारमा, अर्थमन्त्रीलाई नियुक्त गर्ने यस्तो छ प्रचण्डको तयारी

    साउन १५ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । माओवादीबाट अर्थमन्त्री नियुक्त गर्नेबारे छलफलका लागि प्रचण्ड बालुवाटार पुगेका हुन् ।

    images

    प्रचण्ड अर्थमन्त्रीमा जनार्दन शर्मालाई नै नियुक्त गर्ने प्रस्ताव लिएर बालुवाटार पुगेको माओवादी स्रोतले बतायो । प्रचण्डले आजै शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्ने आग्रह गर्ने स्रोतले बतायो ।

    बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए । तर, संसदीय छानबिन समितिले शर्मालाई निर्दोष ठहर गरेको थियो । शर्मा निर्दोष भएसँगै उनलाई नै अर्थमन्त्री बनाउन लागिएको हो ।

    images