साउन १६ काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । मन्त्रिपरिषद्को बैठक सोमबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।
सोमबारको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोक्ने सम्भावना रहेको बताइएको छ । निर्वाचन आयोगले निर्वाचनका लागि मिति तोक्न ढिला भइसकेको बताउँदै आएको छ ।
आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ । आयोगले यसअघि आगामी मंसिर २ गतेका लागि निर्वाचन मिति प्रस्ताव गरेको थियो ।
.jpg)


