बुधबार, कार्तिक १९ गते २०८३
images
images

भातृ संस्थालाई चुस्तरूपमा अघि बढाऔं : महामन्त्री थापा

एक्सप्रेस पाना
श्रावण १७, २०७९ मंगलबार
  • 247
    SHARES
  • भातृ संस्थालाई चुस्तरूपमा अघि बढाऔं : महामन्त्री थापा

    साउन १७ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीअन्तर्गत रहेका सम्पूर्ण भातृ सङ्गठनलाई चुस्तदुरूस्तरूपमा अगाडि बढाउन आग्रह गर्नुभएको छ । काठमाडौं महानगरपालिका-८ एकाइ समितिद्वारा आयोजित क्रियाशील सदस्यसँग अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले भातृ सङ्गठनलाई आगामी संसदीय निर्वाचन लक्षित गरी अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।

    images

    संसद्मा जल्दाबल्दा विषयवस्तुप्रति कांग्रेसले आफ्नो पार्टीगत धारणा बनाउने जनाउँदै उहाँले युवापुस्तालाई राजनीतिमा अग्रसर गराउन आवश्यक रहेकोसमेत सुनाउनुभयो । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले नेतृत्वले पार्टीभित्रै रहेर पनि फरकमत राख्ने नेता, कार्यकर्तालाई समेट्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    काठमाडौँ महानगरपालिका-८ का वडाअध्यक्ष आशामान सङ्गतले फोहरमाथि महानगरभित्रै राजनीति भइरहेको र सरकारले नै फोहर व्यवस्थापनमा अग्रणी भूमिका खेल्नुपर्ने बताउनुभयो ।रासस

    images