आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल हिमालय टेलिभिजनले लाइभ गर्ने

एक्सप्रेस पाना
भाद्र १०, २०७८ बिहीबार
  • 546
    SHARES
  • नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल हिमालय टेलिभिजनले लाइभ गर्ने

    भदौ १० काठमाडौं । आगामी भदौ १७ र २० गते हुने नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने भएको छ । आगामी साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीले दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।

    images

    सोही खेलका लागि एडप्याड र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच २५ लाख १० हजार रुपैयाँमा सम्झौता भएको एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरीले जानकारी दिए । एन्फाबाट ठूलो रकम माग भएको थियो, त्यसैमा मिल्दो रकम हामीले बिड गरेका थियौैं,’ सुरजले भने, ‘आगामी दिनहरूमा पनि फुटबलका लागि एडप्याडले टेलिभिजन राइटका लागि बिड गर्छ ।’

    यस्तै, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले आम्दानीलाई व्यवस्थित गर्न ब्रोड्कास्टिङ राइट बेच्ने योजना बनाएको र राम्रो रकम पाएको बताए ।

    images

    ‘टिभी राइट एड प्याडले लिएको छ । दुईटा मात्रै खेलका लागि त्यत्रो रकम फुटबलका लागि राम्रो कुरा हो,’ उनले भने, ‘यो अरु जस्तो उधारो सम्झौता होइन । हामीले वर्षमा १–२ करोड टिभी राइटबाट उठाउने लक्ष्य राखेका छौं ।’ सम्झौतापत्र एन्फाका अध्यक्ष कर्मा र एडप्याडका गिरीले आदानप्रदान गरेका थिए।