आइतबार, कार्तिक १६ गते २०८३
images
images

जनगायक जेबी टुहुरेको ७८ वर्षको उमेरमा निधन

एक्सप्रेस पाना
भाद्र १०, २०७८ बिहीबार
  • 229
    SHARES
  • जनगायक जेबी टुहुरेको ७८ वर्षको उमेरमा निधन

    भदौ १० काठमाडौं । जनगायक जुठबहादुर खड्गी जेबी टुहुरेको निधन भएको छ । ७८ वर्षको उमेरमा बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा आज बिहान १२ः३० बजे निधन भएको हो ।  

    images

    केही दिनअघि मतिष्कघात भएर उनलाई अस्पताल भर्ना गरिएको थियो । कलंकीस्थित घरमा एक्कासि लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दिर्घरोग समेत थियो । साङ्गीतिक क्षेत्रमा सक्रिय रहनुभएका टुहुरेले सयौँ सङ्ख्यामा जनवादी गीत गाएका छन् । उनको ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भई’ लगायतका गीत चर्चित छन्।।

    संविधानसभा सदस्य समेत रहेका टुहुरेको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो साढे १ः०० बजेदेखि २ः०० बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो ।  पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झण्डा ओढाएर सम्मान प्रकट गरिएको थियो । उनको बिहीबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।  

    images