बुधबार, कार्तिक १९ गते २०८३
images
images

‘विकास र समृद्धिको चाहना अघि बढ्न सकेन’ : एमालेका महासचिव पोखरेल

एक्सप्रेस पाना
श्रावण १८, २०७९ बुधबार
  • 271
    SHARES
  • ‘विकास र समृद्धिको चाहना अघि बढ्न सकेन’ : एमालेका महासचिव पोखरेल

    साउन १८ काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले जनताको विकास र समृद्धिको चाहना अघि बढ्न नसकेको बताउनुभएको छ । प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भष्ट्राचार र महँगी बढेर मुलुकको आर्थिक अवस्थासमेत यतिखेर कमजोर बनेको आरोप लगाएका छन् । 

    images

    महासचिव पोखरेलले अहिलेको बजेट जनताको हित र कल्याणमा छैन भने । उन्ले शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवमाथि पक्राउ पुर्जी जारी गर्नु गलत भएको टिप्पणी गरे । पाँच दलीय गठबन्धनका बीचमा आफनो पार्टीको जनमत नघटेको दाबीसमेत उन्ले गरे । कार्यक्रममा दाङको समग्र विकासका लागि आफू गम्भीर रुपमा लागिरहेकोसमेत महासचिव पोखरेलले बताए ।