साउन १८ काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न पदहरुका लागि कर्मचारीको माग गरेको छ । आफ्ना सम्पूर्ण सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने उच्च अठोटका साथ अगाडि बढिरहेको एनआईसी एशिया बैंकले बैंकले प्रगतिको सपना बोकेर अगाडि बढ्न सक्ने योग्य व्यक्तिहरुको खोजीका लागि दरखास्त आह्वान गरेको छ ।
सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको हो । वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको यस बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ । यसका लागी इच्छुकले बैंकको वेबसाइट www.nicasiabank.com/current-


