बुधबार, कार्तिक १९ गते २०८३
images
images

सरकारविरुद्ध मेलम्ची राप्रपाद्वारा कालोपट्टी बाधेर प्रर्दशन

एक्सप्रेस पाना
श्रावण १८, २०७९ बुधबार
  • 290
    SHARES
  • सरकारविरुद्ध मेलम्ची राप्रपाद्वारा कालोपट्टी बाधेर प्रर्दशन

    राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज सिन्धुपाल्चोकको मेलम्चीमा कालोपट्टी बाधेर दोस्रो चरणको विरोध प्रर्दशन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी २ नम्बर क्षेत्रिय कार्य समिती द्धारा आयोजित कार्यक्रममा सघिंयता खारेज गर, भ्रष्टाचारको अन्त्य गर, कालोबजारीलाई कारबाहि गर, राष्ट्रघाति नागरिकता विधेयक फिर्ता गर, लगायतका प्लेकार्ड बाकेर विरोध प्रर्दशन गरिएको थियो ।

    images

    कार्यक्रममा राप्रपाकि निर्वाचित केन्द्रिय सदस्य र्निमला श्रेष्ठले अब देश बचाउने जिम्मा राप्रपाले र सिङ्गो जनताले लिनुपर्ने बताउनुभयो । क्षेत्र नम्बर २ क्षेत्रिय सभापति कुमारी तामाङले राप्रपाको यो सांकेतिक विरोधलाई सरकारले वेवास्ता गरेमा ठुलो क्षति बेहोर्नपर्ने बताउनुभयो । यथासिघ्र मेलम्ची इन्द्रावति बाढी प्रभावितको माग र पार्टिले उठाएका मागको सम्बोधन नभए चर्को आन्दोलन गर्ने तामाङले चेतावनी दिनुभयो ।

    raprapa melamchi shawaran 18.jpg

    images

    राप्रपा पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष भिम बहादुर गुरुङ चित्रले मेलम्ची नदिमा क्रसरउद्योग हरुले अवैद्धरुपमा उत्खनन् गर्दासमेत स्थानिय सरकार टुलुटुलु हेरेर बसेको भन्दै अब त्यसको विरुद्धमा राष्ट्रि प्रजातन्त्र पार्टिले आवाज उठाउने बताउनुभयो । उहाँले स्थानिय सरकारलाई नदि दोहन टुलुटुलु हेरेर नबस्न समेत चेतावनी दिनुभयो । मेलम्ची इन्द्रावती बाढी पिडितको माग पुरा गर्नका लागि र बढ्दो नदि दोहन न्युनीकरणका लागि दबाब स्वरुप यो कार्यक्रम आयोजना गरिएको क्षेत्र न. २ प्रदेस 'ख' का अध्यक्ष गोविन्द गुरुङले जानकारी दिनुभयो । अध्यक्ष गुरुङले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागू नभएको र त्यसकै लागि पनि पुनः सडकमा उत्रनु परेको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा पूर्व केन्द्रिय सदस्य बद्रि चौलागाई, पूर्व केन्द्रिय पार्सद अम्बर बहादुर पण्डित , क्षेत्र नम्बर २ प्रदेश 'क' का अध्यक्ष एवम् पूर्व केन्द्रिय सदस्य बाबुराम खड्का, चौतारा साँगाचोकगढि नगरपालिकाका अध्यक्ष शेर बहादुर ठकुरी लगायतले विरोध र्याली पछिको कोणसभालाई सम्बोधन गर्नुभएको थियो । राप्रपा पार्टी कार्यालय बाट सुरु भएको र्याली नगरपालिकाको गेट अगाडि आएर कोणसभामा परिणत भएको थियो । राप्रपाले असार १ गते महंगी नियन्त्रण, किसानलाई समयमै मल, राष्ट्रियताको संरक्षण, संघीयता खारेजी लगायत माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको थियो । उक्त ज्ञापनपत्र बेवास्ता गरेको भन्दै रापप्राले चरणबद्धरुपमा आन्दोलन गरिरहेको छ ।साभार : रेडियो मेलम्ची

    No description available.