बुधबार, भाद्र २४ गते २०८३
images

ग्लोबल आइएमई बैंकद्वारा विपन्नवर्गका ३५ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान

एक्सप्रेस पाना
श्रावण १९, २०७९ बिहीबार
  • 510
    SHARES
  • ग्लोबल आइएमई बैंकद्वारा विपन्नवर्गका ३५ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान

    साउन १९ काठमाडौं । ग्लोबल आइएमई बैंक लिमटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत “ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति” कार्यक्रम सुरु गरेको छ । 

    images

    बैंकको “ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति” कार्यक्रम अन्तर्गत यस वर्ष बैंकले विभिन्न सामुदायिक (सरकारी) विद्यालयबाट कक्षा ६ उत्तीर्ण गरी कक्षा ७ मा प्रवेश गरेका विपन्नवर्गका ३५ जना जेहेन्दार छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । यी छात्राहरुलाई कक्षा १२ सम्मको अध्ययनका लागि बैंकले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नेछ ।

    समाजको विकासमा शिक्षाको महत्वपूर्ण भूमिका रहेको र महिला शिक्षित भएमा समाजको चेतनास्तर अभिवृद्धि हुनुका साथै आर्थिक रुपमा सबल हुन समेत मद्दत पुग्ने हुनाले यो कार्यक्रम गरिएको बैंकले जनाएको छ ।

    images

    No description available.

    यस कार्यक्रमबाट आर्थिक समस्याका कारण बीचमै विद्यालय छाड्न बाध्य छात्राहरुलाई न्यूनतम् विद्यालय शिक्षा पुरा गर्न सहयोग पुग्ने बैंकको विश्वास छ । “ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति” कार्यक्रमलाई निरन्तरता दिंदै बैंकले मुलुकका सातै प्रदेश समेट्ने गरी हरेक वर्ष ३५ जना छात्राहरुलाई यसै कार्यक्रम अन्तर्गत छात्रवृत्ति प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस्ता विभिन्न सामाजिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको छ । मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २६५ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हबकब लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # बैंक