बुधबार, कार्तिक १९ गते २०८३
images
images

प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक जारी

एक्सप्रेस पाना
श्रावण २०, २०७९ शुक्रबार
  • 513
    SHARES
  • प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक जारी

    साउन २० काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचन मिति घोषणा गरेपछि गठबन्धनका नेताहरू छलफलमा जुटेका हुन् ।

    images

    सरकारले बिहीबारको मन्त्रिपरिषद बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको थियो । सोही विषयमा छलफल गर्न गठबन्धनमा रहेका दलहरूबीच बैठक सुरु भएको हो ।

    सत्ता गठबन्धनका एकजना नेताले आजको बैठकमा चुनावी तालमेल, सिट बाँडफाँट र चुनावी रणनीतिका विषयमा छलफल हुने बताए । सत्ता गठबन्धन दलबीच आगामी निर्वाचनमा तालमेल गर्ने सहमत भए पनि सिट बाडफाँटको विषयमा भने टुंगो लागिसकेको छैन ।

    images