आइतबार, कार्तिक १६ गते २०८३
images
images

पार्किङमा राखेको मोटरसाइकलमा आगजनी गरेको आरोपमा एक जना पक्राउ 

एक्सप्रेस पाना
भाद्र १०, २०७८ बिहीबार
  • 492
    SHARES
  • पार्किङमा राखेको मोटरसाइकलमा आगजनी गरेको आरोपमा एक जना पक्राउ 

    भदौ १० गोरखा । मोटरसाइकलमा आगजनी गरेको आरोपमा प्रहरीले गोरखामा एक जनालाई पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेमा गोरखा नगरपालिका–९ का अमृत कमर रहेका छन् । गोरखा नगरपालिका–५ मान्द्रेढुङ्गाका सन्देश पाण्डेले पश्चिमकालीस्थित मन्दिर परिसरमा पार्किङ गरेर राखेको लु २६ प ८७९८ नम्बरको होण्डा कम्पनीको हर्नेट बाइकमा उनले आगजनी गरेको प्रहरीको भनाइ छ ।

    कोरोनाविरुद्धको खोप लगाएर घर फर्कने क्रममा साथीहरुसँग घुमफिर गर्न पश्चिमकाली पुगेका पाण्डेले सोही ठाउँ नजिकै मोटरसाइकल पार्किङ गरेका थिए । एक्कासी मोटरसाइकलमा आगजनी भएको खबर पाएसँगै प्रहरीलाई जानकारी गराइएको थियो।

    images

    घटनास्थल पुगेको प्रहरी टोलीले कमरलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको बताएको छ । कमरले आगजनी गरेको स्वीकार गरेको र उनलाई हिरासतमा राखी आवश्यक कानूनी प्रक्रिया अगाडि बढाएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।