बुधबार, कार्तिक १९ गते २०८३
images
images

नगर प्रमुखलाई ध्यानाकर्षण पत्र

एक्सप्रेस पाना
श्रावण २०, २०७९ शुक्रबार
  • 278
    SHARES
  • नगर प्रमुखलाई ध्यानाकर्षण पत्र

    साउन २० मेलम्ची । मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधानलाई नगरवासीले झोलुङ्गे पुल तथा बस्ति संरक्षणका लागि ध्यानाकर्षण पत्र बुझाएका छन् । 

    images

    मेलम्ची नगरपालिकाको वडा नं। ११ र को केही भाग अन्य वडाहरु ७, ८, ९, १० त्यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिका र इन्द्रावती गाउँपालिकाको विभिन्न भेगमा जाने एकमात्र विकल्पको रुपमा रहेको २ वटा झोलुङ्ग पुलमा बाढीले पुनः क्षति गर्न थालेपछि संरक्षणको माग गर्दै स्थानीयबासीले सो पत्र बुझाएका हुन् ।

    नदिले धार परिवर्तन गरेसँगै झोलुङ्गेपुल ,दोभानटारमा रहेका बस्ति ,धार्मिक तथा ऐतिहासिक मन्दिर इन्द्रेस्वर महादेव समेत जोखिममा रहेको पत्रमा उल्लेख गरिएको छ । मेलम्चीका स्थानीयका तर्फबाट महाबिर श्रेष्ठले पत्र हस्तान्तरण गर्नुभयो । पत्र बुझ्दै नगर प्रमुख तामाङले तत्काल प्राविधिक टोलि खटाएर संरक्षणको काम गरिने बताउनुभयो । उहाँले पुुल सँगै बस्ति संरक्षण गर्नमा नगरको मुख्य प्राथमिकता रहने समेत बताउनुभयो । छलफलमा बाढी पिडित, नगर प्रमुख तामाङ,उपप्रमुख उमा प्रधान, प्राविधिक लगायतको उपस्थिति रहेको थियो ।

    images