आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रहरी हुँ भन्दै व्यापारी धम्काउने एक जना पक्राउ

एक्सप्रेस पाना
भाद्र ११, २०७८ शुक्रबार
  • 227
    SHARES
  • प्रहरी हुँ भन्दै व्यापारी धम्काउने एक जना पक्राउ

    भदौ ११ काठमाडौं । कपिलवस्तु इलाका प्रहरी कार्यालय पिपराले नक्कली प्रहरी बनेर व्यवसायी धम्काएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । बाणगंगा नगरपालिका(४ सिद्धिपुर चोकको एक होटेल सञ्चालकलाई थर्काए बुद्धभूमी नगरपालिका(१० भगवानपुरका २५ वर्षीय आसिक अलि मुसलमानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिए ।

    images

    मुसलमानले आफू घुमुवा प्रहरी भएको बताउँदै व्यवसायीलाई धम्काउने, पैसा माग्ने गरेको प्रहरीले जनाएको छ । केही महिनादेखि प्रहरी हु भन्दै थर्काउने, डर देखाउने, होटेलमा खाने, पैसा नतिर्ने गरेको उजुरी आएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए । साभार:न्युज कारखाना