आइतबार, कार्तिक १६ गते २०८३
images
images

उत्पादनमूलक कार्यक्रममा केन्द्रित हुन मुख्यमन्त्री शाहीको आग्रह

एक्सप्रेस पाना
भाद्र ११, २०७८ शुक्रबार
  • 382
    SHARES
  • उत्पादनमूलक कार्यक्रममा केन्द्रित हुन मुख्यमन्त्री शाहीको आग्रह

    भदौ ११ काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको आयस्तर वृद्धिका लागि उत्पादनमूलक कार्यक्रममा केन्द्रित हुन जुम्लाका स्थानीय तहलाई आग्रह गरेका छन् ।

    images

    स्वास्थ्य, शिक्षा, खानेपानी, यातायात, विद्युत, कृषि, पूर्वाधार लगायतका क्षेत्रमा भइरहेको  विकासबारे बिहीबार जुम्लाका स्थानीय तह र विषयगत कार्यालयका प्रमुखसँग छलफल गरेका शाहीले सबैभन्दा नजिकको सरकारका रुपमा स्थानीय तहले नागरिकका आधारभूत आवश्यकता पूरा गर्नुपर्ने बताए । 

    कर्णालीमा राष्ट्रिय प्रसारण लाइन पुग्यो । तर विपन्न नागरिकसँग महसुल तिर्ने पैसा छैन भने प्रसारण लाइन पुगेको कुनै अर्थ छैन । विमानस्थलको स्तरवृद्धि भयो विपन्नले जहाज चढ्न पाएका छैनन्,उनले भने, त्यो विकास नागरिकमूखी  हुँदैन ।

    images

    खानेपानी, कृषि, स्वास्थ्य, शिक्षाका विभिन्न अवसरमा पनि विपन्न नागरिक आर्थिक अभावका कारण पछि परेको उनले बताए ।