आइतबार, कार्तिक १६ गते २०८३
images
images

नवलपरासी पूर्वमा पहिरोले घर पुरिँदा तीन जनाको बेपत्ता

एक्सप्रेस पाना
भाद्र ११, २०७८ शुक्रबार
  • 214
    SHARES
  • नवलपरासी पूर्वमा पहिरोले घर पुरिँदा तीन जनाको बेपत्ता

    भदौ ११ नवलपरासी । नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका–४ माथिल्लो चारघरेमा पहिरो जाँदा तीन जना बेपत्ता भएका छन् ।

    images

    अविरल वर्षाका कारण शुक्रबार पहिरो जाँदा माथिल्लो चारघरेका ५० वर्षीया धनमाया पुलामी र उनकी नातनीहरु ७ वर्षीया भूमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी बेपत्ता भएका हुन् ।

    आज विहान करिब २ बजे ५० वर्षीय हस्तबहादुर पुलामीको घर पहिरोमा पुरिएको हो । पहिरोमा पुरिएका हस्तबहादुरलाई भने सकुशल उद्दार गरिएको प्रहरीले जनाएको छ ।बेपत्ता भएका तीन जनाको खोजीका लागि जनपद र सशस्त्र प्रहरीका १६ जना प्रहरी खटाइएको बताइएको छ ।

    images