भदौ ११ सिन्धुपाल्चोक । लगातारको अविरल वर्षा र बाढीले निरन्तर पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा आएको छ ।
मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा आज बिहान ६ः०० बजेको समयमा माथिबाट पहिरो खसेकाले सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएर सडक सञ्चालनमा आएको स्थानीय पुरु घौरासैनीले जानकारी दिनुभयो ।
तत्कालका लागि सडक सञ्चालनमा आए पनि पानी परिरहेकाले फेरि पहिरो आई सडक अवरुद्ध हुनसक्ने प्रहरीले जनाएको छ ।
.jpg)


