आइतबार, कार्तिक १६ गते २०८३
images
images

कमला नदीको बाढीले बगाएको वृद्धको सकुशल उद्दार

एक्सप्रेस पाना
भाद्र ११, २०७८ शुक्रबार
  • 298
    SHARES
  • कमला नदीको बाढीले बगाएको वृद्धको सकुशल उद्दार

    भदौ ११ सिरहा । अविरल वर्षाका कमला नदीमा आएको अत्यधिक बाढीले बगाएका एक वृद्धलाई स्थानीयको सहयोगमा नेपाल प्रहरीले सकुशल उद्दार गरेको छ ।

    images

    उद्दार हुनेमा सिरहाको सिरहा नगरपालिका १७ पटेर्वा घर भएका ६५ वर्षीय गुलाई यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता प्रहरी नायब उपरीक्षक डीएसपी सुवास बुढाथोकीले जनकारी दिए ।

    प्रवक्ता बुढाथोकीका अनुसार उद्दार गरिएका यादवले सिरहाको पटेर्वास्थित कमला किनारमा गाई वस्तुका लागि घाँस काट्न गएको बेला नदीमा आएको अत्यधिक बाढ़ीले उनलाई बगाएको थियो ।

    images

    करीब १ घण्टा समयसम्म बाढीले बगाउदा झाँडीमा फसेको बेला स्थानीय विपद व्यवस्थापन समितिको डुंगा चालकको समूह र इलाका प्रहरी कार्यालय माड़रका इन्चार्ज प्रहरी नायब निरीक्षक सई विश्वबाबु बुढाथोकीको कमाण्डमा खटीएको प्रहरी टोलीले यादवलाई उद्दार गरिएको उनले बताए ।

    त्यसैगरी सोही स्थानमा बाँधको किनारमा बसोबास गर्ने ५ घरधुरी बाढीको उच्च जोखिममा रहेसँगै सुरक्षित स्थानमा स्थानन्तरण गरिएको प्रबक्ता बुढाथोकीले जानकारी दिए ।