बुधबार, कार्तिक १९ गते २०८३
images
images

युवा संघ नेपाल पदाधिकारीको बैठक सम्पन्न, निर्वाचन केन्द्रित यी विभिन्न निर्णय

एक्सप्रेस पाना
श्रावण ३१, २०७९ मंगलबार
  • 790
    SHARES
  • युवा संघ नेपाल पदाधिकारीको बैठक सम्पन्न, निर्वाचन केन्द्रित यी विभिन्न निर्णय

    साउन ३१ काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका पदाधिकारीको बैठक सम्पन्न भएको छ । संघको केन्द्रिय अध्यक्ष नरेश शाहीको अध्यक्षतामा भएको बैठकमा निर्वाचन केन्द्रित विभिन्न निर्णय गरेका छन् । ७७ जिल्ला कमिटीको पुनर्गठन, मेचीमहाकाली राष्ट्रिय अभियान, संगठन व्यवस्थापन लगायतको विषयमा छलफल गरिएको संघका सचिव नरेश गिरिले बताए । 

    images

    बैठकलाई नेकपा (एस) का उपमहासचिव एवम् मोर्चा प्रमुख डा. बिजय पौडेल, पोलिट्व्युरो सदस्य तथा युवा फाट इन्चार्ज दिलु पन्त र संगठन विभागका सचिव लक्षण केसिले सम्बोधन गरेका थिए । २ दिन चलेको बैठकले संघको केन्द्रिय कार्यलय टिममा संघका उपमहासचिवद्रय सरिता श्रीस र अम्बिका पौडेललाई मनोनीत गरेको छ । यही भदौ २४ र २५ गते केन्द्रिय कमिटीको बैठक बोलाएको सचिव गिरिले बताए ।