भदौ ११ काठमाडौं । हाँस्य कलाकार खड्ग बहादुर पुन (खबपु) दुर्घटनामा परी घाइते भएका छन् ।
बिहीबार साँझ विपरीत दिसाबाट आएको ट्रकलाई साइड दिने क्रममा स्कुटर चिप्लिएर खबपु दुर्घटनामा परेका हुन् । उनको अनुहार, हात र खुट्टामा सामान्य चोट लागेको छ ।
खबपु स्टेन्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’ सिजन १ का प्रतिस्पर्धी हुन् । कमेडी च्याम्पियनबाट चर्चा पाएपछि उनले टेलिसिरियल र केही म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
.jpg)


