भदौ ११ एजेन्सी । इटालियन सिरी ए फुटबल क्लब युभेन्टस छाड्ने निर्णय गरेका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर सिटी अनुबन्ध नजिक भएको चर्चा चुलीमा रहेका अर्को सनसनीपूर्ण खबर आएको छ । रोनाल्डोलाई उनको पूर्वक्लब म्यानचेस्टर युनाइटेडले फर्काउन अन्तिम समयमा एकाएक सक्रियता बढाएको छ ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार अहिले रोनाल्डोका एजेन्ट जोर्गे मेन्डेजले रोनाल्डोको युनाइटेडसँग छलफलमा छन् । हिजोसम्म उनले सिटीसँग छलफल गरिरहेका थिए । र, पछिल्ला केही घन्टामा ओल्ड ट्राफोर्ड क्लबले आफ्ना लिजेन्ड खेलाडी फर्काउन गम्भीरतापूर्वक सक्रियता बढाएको छ ।
यता युनाइटेड फर्कन भने रोनाल्डो आफैंले पनि केहि लचकता देखाएको बुझिएको छ । युनाइटेड आफैं पनि आफ्नो पूर्व खेलाडी फर्काउन उत्साहित रहेकाले ट्रान्सफर सम्पन्न हुनेमा दुवै पक्ष सकारात्मक रहेको बुझिएको छ ।
रोनाल्डो प्रिमियर लिग इतिहासकै सबैभन्दा महान् खेलाडीका रूपमा चिनिन्छन् । उनले सन् २००३ देखि २००९ सम्म युनाइटेडमा बिताएका थिए ।
उनी सन् २०१८ मा स्पेनिस महाराथी रियल मड्रिबाट युभेन्टस अनुबन्ध भएका थिए ।
.jpg)


