आइतबार, कार्तिक १६ गते २०८३
images
images

अवैध सालको काठसहित तीन जना पक्राउ

एक्सप्रेस पाना
भाद्र ११, २०७८ शुक्रबार
  • 272
    SHARES
  • अवैध सालको काठसहित तीन जना पक्राउ

    दाङ, ११ भदौ ।पछिल्लो समय जिल्लामा काठ तस्करहरु धमाधम समातिन थालेका छन् । केही दिनअघि २७ थान अवैध सालको काठसहित घोराही १० नारायणपुरका दुर्गा केसीको घरमा लुकाई राखेको अवस्थामा ४५ क्युफिट रहेको सालको चिरान काठ बरामद गरी डिभिजन वन कार्यालयमा पठाएको थियो । त्यहीँ दिन लमही नगरपालिका-२ राजपुरघाटबाट  रा १ त ४०७३ नम्बरको ट्याक्टरमा अवैध रुपमा ओसार-पसार गर्दै गरेको अवस्थामा १८ थान ईपिलिपी जातको गोलिया सहित २ जना समातिएका थिए ।

    images

    शुक्रबार थप ३ जना समातिएका छन् । गढवा गाउँपालिका-६ गढवा-लमही रोडबाट अवैध काठ ओसारपसार गरिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । कक्रहवाबाट लमहीतर्फ जाँदै गरेको लु २ च ७७४१ नम्बरको युढा कम्पनीको पिकअप जिपमा रहेको १७ थान साल जातको चिरान काठ सहित राप्ती - ८ पिपरा बस्ने ३७ वर्षका विनोद चौधरी, गढवा गाउँपालिका - ४ खड्गपुर बस्ने २४ वर्षका साहिद मुसलमान र राप्ती गाउँपालिका -५ कालापानी बस्ने २६ वर्षका प्रदीप कुमार चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    काठ तस्करीको अभियोगमा पक्राउ परेकाहरुमाथि आवश्यक कारवाहीका लागि थप अनुसन्धान भइरहेको छ ।न्युज कारखाना

    images