आइतबार, कार्तिक १६ गते २०८३
images
images

बहुविवाहका अभियुक्त १३ वर्षपछि पक्राउ, श्रीमानश्रीमती जेल चलान

एक्सप्रेस पाना
भाद्र १२, २०७८ शनिबार
  • 270
    SHARES
  • बहुविवाहका अभियुक्त १३ वर्षपछि पक्राउ, श्रीमानश्रीमती जेल चलान

    लमजुङ, १२ भदौ । कैद फैसला सुनाइएका दुई अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन् ।

    images

    प्रहरीले बेंसीसहर नगरपालिका-९ का खड्कबहादुर कामी र उनकी कान्छी श्रीमती मीना भन्ने सुमिला विकलाई प्रहरीले पक्राउ गरेको हो ।
    उनीहरूलाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो । 

    पक्राउ परेका दुईजनालाई जिल्ला अदालत लमजुङबाट ०६६ असार २४ गते बहुविवाह मुद्दामा जनही एक वर्ष कैद र पाँच हजार जरिवाना तोकेकोमा उनीहरू फरार थिए । 

    images

    उनीहरूलाई शुक्रबार जिल्ला अदालत लमजुङमा पेस गरी तोकिएको कैद भुक्तानका लागि कारागार चलान गरिएको छ । 

    जेल सजाय भुक्तान गर्न बाँकी रहेका पुराना अभियुक्तहरूलाई पछिल्लो समय खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । न्युज कारखाना