आइतबार, कार्तिक १६ गते २०८३
images
images

लायन्स क्लब गंगबुले गर्यो दुई दर्जनभन्दा बढी अपांगहरूलाई खाद्यान्न सहयोग 

एक्सप्रेस पाना
भाद्र १२, २०७८ शनिबार
  • 418
    SHARES
  • लायन्स क्लब गंगबुले गर्यो दुई दर्जनभन्दा बढी अपांगहरूलाई खाद्यान्न सहयोग 

    भदौ १२ काठमाडौं । लायन्स क्लब गंगबुले आफ्नो दशौं स्थापना दिवसको अवसर पारेर अपाङ्ग सरोकार केन्द्र बालाजुमा आश्रीत रहेका अपाङ्गहरूलाई खाद्य सामग्री वितरण गरेको छ ।

    images

    अशक्त र अपाङ्गहरूको लागि संरक्षण गर्दै आएका अपाङ्ग सरोकार केन्द्र बालाजुमा आश्रीत रहेका दुई दर्जन भन्दा बढी अपाङ्गहरूलाई लायन्स क्लब गंगबुले खाद्यान्न सहयोग गरेको छ । दशौं स्थापना दिवसको अवसर पारेर लायन्सका २०२१र२२ का अध्यक्ष रमेश कुँबरको पहलमा एक कार्यक्रम आयोजना गरी खाध्य सामग्री बितरण गरेको हो ।

    त्यस्तै अध्यक्ष रमेश कुँबरले प्रत्येक महिना यसरीनै सामाजिक कार्य गरि बिभिन्न क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर बिश्वेश्वर आचार्य, भिडिजी महेन्द्र पौडेल, डिपार्टमेण्ट चिफ प्रकाश कुमार श्रेष्ठ, क्लस्टर चिफ श्रीकॄष्ण मानन्धर, पुर्बअध्यक्ष लक्ष्मण ढुँगाना, सन्तोष धमलाको जस्ता व्यक्तिहरुको उपस्थिति रहेको थियो । अबसर पारेर लायन्स क्लब गंगबुको सर्भिस ज्याकेट गभर्नर अध्यक्षले एकै साथ ईनागुरेट गरेका छन् ।

    images