आइतबार, कार्तिक १६ गते २०८३
images
images

सेनिटाइजर पिएका एक जनाको मृत्यु 

एक्सप्रेस पाना
भाद्र १२, २०७८ शनिबार
  • 221
    SHARES
  • सेनिटाइजर पिएका एक जनाको मृत्यु 

    भदौ १२ कैलाली । सेनिटाइजर पिएका एक जनाको मृत्यु भएको छ। भदौ ९ गते सेनिटाइजर पिएका धनगढी उपमहानगरपालिका(१२ का टीकाराम बराइलीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ।

    images

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सेनिटाइजर पिएका बराइली स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार जुगेडामै स्थानीय मेडिकलमा पुगेका थिए।

    त्यहाँ उनलाई स्लाइन चढाइएको थियो। समान्य उपचारपछि घर फर्किएका उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि त्यसै दिन राति धनगढीकै निसर्ग अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    images