आइतबार, कार्तिक १६ गते २०८३
images
images

मन्त्रीले कमिसनको चक्करमा किनेका वारुणयन्त्र प्रहरीले बुझ्न मानेन

एक्सप्रेस पाना
भाद्र १२, २०७८ शनिबार
  • 307
    SHARES
  • मन्त्रीले कमिसनको चक्करमा किनेका वारुणयन्त्र प्रहरीले बुझ्न मानेन

    जनकपुरधाम, १२ भदौ ।प्रदेश २ सरकारले खरिद गरेको वारुणयन्त्र प्रदेश प्रहरीले लिन अस्वीकार गरेपछि सरकारले स्थानीयतहलाई बुझाउने तयारी गरेको छ ।

    images

    सरकारले प्रदेशका ८ वटै जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयलाई बुझाउने गरी गत आर्थिक वर्ष २०७७र०७८ मा झण्डै साढे ४ करोड खर्चेर ९ वटा वारुणयन्त्र खरिद गरेको थियो ।

    वारुणयन्त्र संचालन तथा रेखदेख सम्बन्धी कार्यविधि नै नबनाई तथा प्रहरी प्रशासनसँग छलफल नै नगरी तत्कालिन आन्तरिक मामिला तथा संचार मन्त्री ज्ञानेन्द्र कुमार यादवले कमिसनको प्रलोभनमा उक्त वारुणयन्त्र खरिद गरेको आरोप लागेको छ ।

    images

    खरिद गरिएको लामो समय सम्म पनि प्रहरीले उक्त वारुणयन्त्र विनाशर्त लिन अस्वीकार गरेपछि बर्तमान आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साहले स्थानीयतहलाई बुझाउने तयारी गरेका हुन् ।

    लामो समयदेखि खुल्ला आकासमा थन्काइएका वारुणयन्त्र बिग्रिने अवस्थामा पुगेका छन् । प्रहरीले वारुणयन्त्र संचालनको लागि इन्धन, मर्मतसम्भार गर्न वर्षेनी बजेट छुट्याउनुपर्ने सर्त राखेको छ ।

    प्रदेश सरकारले प्रहरीको उक्त सर्त अस्वीकार गरेको छ । मन्त्री साहले प्रदेश प्रहरी अझै पनि संघीय सरकारकै मातहतमा रहेकोले बजेट दिन नसकिने जनाउँदै आएको छ ।

    प्रदेश सरकारले बजेट दिन नसकिने भनेपछि प्रहरीले ९ वटा वारुणयन्त्रमध्ये ४ वटा मात्रै लिएको छ । नेपाल प्रहरी अन्तर्गत वीरगंजमा रहेको विपद व्यवस्थापन केन्द्र, धनुषाको ढल्केवरमा रहेको गण, सप्तरीको राजविराजमा रहेको प्रहरी तालिम केन्द्र र सशस्त्र प्रहरीको प्रदेश कार्यालयको लागि ४ वटा वारुणयन्त्र प्रहरीले केही दिन अघि बुझेको थियो ।न्युज कारखाना