आइतबार, कार्तिक १६ गते २०८३
images
images

यो साता सुनको मूल्य चार सयले बढ्यो

एक्सप्रेस पाना
भाद्र १२, २०७८ शनिबार
  • 226
    SHARES
  • यो साता सुनको मूल्य चार सयले बढ्यो

    भदौ १२ काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो सातामा सुनको मूल्य ४ सय रुपैयाँले बढेको बताएको छ । 

    images

    अघिल्लो साताको शुक्रबार छापावाल सुनको प्रतितोला ९१ हजार २०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा ४ सयले बढेर ९१ हजार ६ सय रुपैयाँ पुगेको छ ।

    शुक्रबार ९१ हजार २ सयमा रहेको छापावाल सुनको मूल्य यो साताको पहिलो कारोबार दिन नै ३०० ले घटेको थियो । त्यसपछि साताको बुधबार र विहीबार केही ओरालो लागेपनि त्यसबाहेकका दिनमा उकालो लाग्दा समग्रमा मूल्य बढेको हो ।

    images

    यस्तै, अघिल्लो साताको शुक्रबार तोलामा ९० हजार ७ सय रुपैयाँ रहेको तेजाबी सुनको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा ४ सयले नै बढेर ९१ हजार १ सय रुपैयाँ पुगेको छ । यसैगरी, यो साता चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । अघिल्लो साताको शुक्रबार चाँदी  प्रतितोला एक हजार १९५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १ हजार २०० रुपैयाँ पुगेको छ ।