भदौ १२ एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज राति रोमाञ्चक खेलहरु हुदैछ ।
आज राति हुने खेलमा उपाधि दाबेदार टोली रियल मड्रिड पनि प्रतिस्पर्धामा रहेको छ । जारी सिजन २ खेलबाट ४ अंक जोडेको रियल मड्रिडले आज राति रियल बेटिसको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल नेपाली समयअनुसार १:४५ बजे हुनेछ ।
घरेलु टोली विरुद्ध मैदान उत्रिदाँ मड्रिडले आफ्नो स्टार खेलाडी करिम बेन्जेमा, ग्यारेथ बेल, लुका मोड्रिच , क्यासिमेरो र टोनी क्रुश जस्ता खेलाडी मैदान उत्रिने सम्भावना रहेको छ । त्यस्तै अर्को खेलमा सेभिल्लाले एल्चासँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल एल्चाको मैदानमा हुनेछ ।
आज हुने अन्य खेलहरु नेपाली समयअनुसार
१.सेल्टा भर्सेस एथ्लेटिक्को बिल्वाओ (८:५४) बजे
२. रियल सोसिडाट भर्सेस लेभान्टे (११:१५) बजे
३. एल्चा भर्सेस सेभिल्ला(११:१५)
.jpg)


