आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज थप १८५७ जनामा कोरोना पुष्टि, २७ को मृत्यु 

एक्सप्रेस पाना
भाद्र १२, २०७८ शनिबार
  • 258
    SHARES
  • आज थप १८५७ जनामा कोरोना पुष्टि, २७ को मृत्यु 

    भदौ १२ काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने थप २७ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ।

    images


    पछिल्लो २४ घण्टामा १३ हजार १७६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार ९ हजार ४०९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ५१६ जना र ३ हजार ७६७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ४० हजार ८०५ पुगेको छ ।

    images

    त्यस्तै पछिल्लो २४ घण्टामा २२२२ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख १० हजार ४५२ पुगेको छ ।