आइतबार, कार्तिक १६ गते २०८३
images
images

सिनेमा घरमा आगलागी हुँदा २ करोड बराबरको क्षति, सञ्चालक घाइते

एक्सप्रेस पाना
भाद्र १२, २०७८ शनिबार
  • 315
    SHARES
  • सिनेमा घरमा आगलागी हुँदा २ करोड बराबरको क्षति, सञ्चालक घाइते

    सुनसरी, १२ भदौ ।सुनसरीको रामधुनीमा रहेको सिनेमा घर ‘म्याजिक हल’ मा आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ। 

    images

    बिहान ९ बजे एक्कासी विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले बताएको छ । आगलागी करिब २ घण्टा पछि ११ बजे नियन्त्रणमा आएको थियो । हल पूर्ण रुपमा जलेको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ ।

    आगलागी नियन्त्रणका लागि इटहरी, इनरुवा, वराहक्षेत्र, दुहबी र कोशी गाउँपालिकाका वारुण यन्त्र परिचालित भएको थियो । त्यस्तै जनपद प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको पहलमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पकलीका प्रमुख इन्स्पेक्टर प्रकाश श्रेष्ठले जानकारी दिए । आगो भित्री रुपमा लागेपछि नियन्त्रणमा कठिनाई भएको थियो ।

    images

    हल सञ्चालक पर्शुाराम चौधरीले आफू हलको क्याबिनमा भिडियो मिक्सिङ गर्दै गर्दा धुवाको गन्ध आएपछि बाहिर गएर हेर्दा आगो सल्किसकेको बताए । उनले आफ्नो हातमा पनि आगोले पोलेको बताए । उनी सामान्य घाइते बनेको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए ।न्युज कारखाना