भदौ ९ काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सीप्यान)ले आयोजना गर्ने यश बर्षको क्रिकेट अवार्ड भदौ २४ गते हुने भएको छ ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गर्दै सीप्यानले अवार्ड कार्यक्रमको बारेमा जानकारी दिएको हो ।
भाद्र २४ गते काठमाडौंमा एक समारोहको आयोजना गरेर पाँच विधामा अवार्ड वितरण गरिने सीप्यानले जनाएको छ । अवार्ड कार्यक्रमको मुख्य प्रायोजक शिक्षा संस्था एनसीसीएस ग्रुप रहेको छ । यस्तै गएका बर्षहरुमा बर्ष क्रिकेट खेलाडी पुरुष र महिलालाई केही मात्रा कम पुरस्कार राशि दिदै आएको सीप्यानले यस बर्षबाट महिला र पुरुषलाई बराबरी एक लाख ३२ हजार दिने भएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै सीप्यानका महासचिव पारस खड्काले भने ''विगतका बर्षमा हामी महिलालाई पुरुषको तुलनामा केही मात्रा पुरस्कार राशि कम गरेका थियौं तर यो बर्षबाट समान हुने छ । साथै बर्ष उदयीमान क्रिकेट खेलाडी र वर्ष उत्कृष्ट क्षणलाई समान ६६ हजारको पुरस्कार राशि रहेको'' उनले बताए । यस्तै विशेष अवार्डलाई एक लाख ३२ हजार रहेको पनि बताए ।
सन् २०१९ देखि नेपाली क्रिकेट खेलाडीहरुले खेल मैदानमा प्रदर्शन गर्दै आएको खेल कौशललाई उचित मूल्यांकन गरि पुरस्कृत, सम्मान र कदर गर्दै आएको सिप्यानले गत बर्ष विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोनाको कारण पुरस्कार वितरण कार्यक्रम स्थगन गरेको थियोे ।


