आइतबार, कार्तिक १६ गते २०८३
images
images

वैदेशिक रोजगारीको प्रलोभनमा ठगेको भन्दै पीडितहरु अभियुक्त खोज्दै विराटनगरमा

एक्सप्रेस पाना
भाद्र १२, २०७८ शनिबार
  • 251
    SHARES
  • वैदेशिक रोजगारीको प्रलोभनमा ठगेको भन्दै पीडितहरु अभियुक्त खोज्दै विराटनगरमा

    विराटनगर, १२ भदौ ।विराटनगर १२ का विजयकुमार यादवले वैदेशिक रोजगारीमा पठाई दिने भन्दै पासपोर्ट र पैसा लिएर फरार भएको भन्दै सिराहाको मिर्चैयाबाट पीडितहरु विराटनगर आएका छन् ।

    images

    १ सय ९२ जनाबाट नगद पासपोर्ट तथा जिन्सी लिएर फरार भएको भन्दै उनीहरु विराटनगरमा आएका हुन् । यादवले १५ हजारदेखि ८ लाख भन्दा बढी पैसा असुलेको पीडितहरुले आरोप लगाएका छन् । कुवेत, क्यानडालगायतका मुलुकमा पठाइ दिने भनि पैसा असुलेर दुई महिनादेखि यादव वेपत्ता भएको पीडितको गुनासो छ ।

    पीडितहरुले ऋण खोजेर पैसा बुझाएको र अहिले ऋण तिर्न समस्या भएको बताएका छन् । केही ब्यापारीहरुबाट समेत उनले ठेक्का पट्टा गर्ने भन्दै रड, सिमेन्ट र घर डेकुरेसनका सामाग्री ल्याएका थिए । ुमेडिकल गर्न भनेरै १५ हजार लिएको र पछि भिसा आएको टिकटको पैसा भन्दै ५० हजार दिएका थियौं,ु विराटनगर आएका पशुपति पासवानले भने, ुपैसो दिएपछि मिर्चौया चोकमा रहेको अफिस बन्द गरेर सम्पर्कविहीन भए ।ु देव भूमि ग्रुप नाममा मिर्चैयामा अफिस खोलेर यादवले ठगी गरेको पीडितहरुको आरोप छ ।

    images

    जनकपुर घर बताउने यादवले दुई महिनादेखि फरार भएपछि न्याय खोज्दै पीडितहरु उनको घर भएकै स्थानमा आइपुगेका छन् ।न्युज कारखाना