आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रचण्डले गरे माओवादी नेतृत्व छाड्ने निर्णय 

एक्सप्रेस पाना
भाद्र १२, २०७८ शनिबार
  • 334
    SHARES
  • प्रचण्डले गरे माओवादी नेतृत्व छाड्ने निर्णय 

    भदौ १२ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू उमेरका हिसाबले पनि ७० वर्षको नजिक पुगिसकेकाले अब युवाहरूलाई पार्टीको नेतृत्व लिन आग्रह गर्दै नेतृत्वको भूमिकाबाट बिदा हुने इच्छा व्यक्त गरेका छन् ।

    images

    शनिबार माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लीग (वाईसीएल)को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    प्रचण्डले अब पार्टीको भूमिकाबाट बिदा भएर संस्मरण लेख्ने इच्छा रहेको समेत बताएका छन् । साथै पार्टीको नेतृत्वबाट बिदा भएर भिन्न भूमिकामा बस्ने इच्छा भएको उनले बताएका थिए ।

    images

    यस्तै केपी ओलीसँग पार्टी एकता गरेर आफूले नयाँ ज्ञान प्राप्त गरेको समेत उनको भनाइ थियो ।  ओलीले संसद् विघटन गरेर संविधान र लोकतन्त्रको लागि घात गरेको समेत उनले बताएका थिए ।