आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रिमियर लिग :आर्सनलमाथि सिटीको शानदार जित

एक्सप्रेस पाना
भाद्र १२, २०७८ शनिबार
  • 300
    SHARES
  • प्रिमियर लिग :आर्सनलमाथि सिटीको शानदार जित

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यान्चेस्टर सिटीले शानदार जित निकालेको छ ।

    images

    शनिबार साँझ सम्पन्न खेलमा १० खेलमा सिमित पाहुना आर्सनलमाथि ५/० गोलको फराकिलो जित निकालेको हो ।

    घरेलु टोली सिटीको जितमा फेरान टोरेसले दुई गोल गरे। त्यस्तै कप्तान इल्काए गुन्डोगान, ग्राबियल जेजुस र रोड्रीले एक एक गोल गरे।

    images

    पहिलो हाफमा ३/० गोलको अग्रता बनाएको सिटी दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो । त्यसअघि खेलको ३५ औं मिनेटमा ग्रानिट जाकाले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो। जोआ कान्सेलोलाई खराब ट्याकल गरेपछि रेफ्रीले जाकालाई सिधै रातो कार्ड देखाएका थिए ।

    उक्त जितसँगै सिटीले लगातार दोस्रो जित निकालेको छ । उसको ३ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । यता पराजित आर्सनलले भने लगातार तेस्रो हारसँगै पूछारमा ।240867690_3874899989280850_3709973662537681852_n.jpg