आइतबार, कार्तिक १६ गते २०८३
images
images

हुम्लामा मनपरी भाडा : ११ किलोमिटरको ५ सय रुपैयाँ

एक्सप्रेस पाना
भाद्र १२, २०७८ शनिबार
  • 214
    SHARES
  • हुम्लामा मनपरी भाडा : ११ किलोमिटरको ५ सय रुपैयाँ

    हुम्ला, १२ भदौ । हुम्लाको सदरमुकाम सिमकोटदेखि आसपास क्षेत्रका गाउँपालिका सम्म सञ्चालन हुँदै आएका सार्वजनिक सवारीले मनपरी भाडा असुल्ने गरेका छन् । सदरमुकाम  सिमकोट गाउपालिकादेखि खार्पुनाथ गाउपालिकाको खार्पुसम्म जम्मा ११ किलोमिटरको दूरीमा जीपले प्रति यात्रु ३ सयदेखि ५ सय सम्म भाडा असुल्ने गरेका छन् ।

    images

    स्थानीय कुम्मेर हमालले लकडाउन अघि ३ सय ५० रुपैयाँ भाडा लिने गरिएकोमा अहिले ५ सय सम्म लिने गरिएको गुनासो गरे । तोकेको भाडा नदिए चालकले लैजान नमान्ने गरेको हमालको गुनासो छ ।

    सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालले नछोएको भए पनि सिमकोटदेखि अन्तरपालिकासम्म सञ्चालन हुँदै आएका छोटो दूरीका यातायातले मनपरी रुपमा भाडा असुली रहेका छन् ।

    images

    व्यवसायीले आफूहरूलाई टिकटसमेत नदिने गरेको यात्रुले बताएका छन् । मनपरी भाडा असुल्नेलाई कसैले कारबाही गर्दैन, जसलाई जति मन लाग्यो, त्यति भाडा असुल्दा पनि भएकै छु, हमालले भने ।

    गाडि चालकले कोरोना सङ्क्रमणबाट बच्ने कुनै उपाय प्रयोग गरेको देखिँदैन । सिटभन्दा बढी यात्रु बोकेर हिँड्ने गरेका कारण कोरोना फैलिने डर निकै बढेको छ ।

    जीप चालकले यात्रुबाट बढी भाडा लिने गरेको विषयमा अनुगमनसमेत नभएको यात्रुको गुनासो छ । सदरमुकाम सिमकोट मात्रै ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको भए पनि सदरमुकाम बाहिर सम्बन्धित निकायबाट अनुगमन नहुनुले यात्रुलाई थप समया निम्त्याएको छ ।