आइतबार, कार्तिक १६ गते २०८३
images
images

ढुङ्गेधाराको सात टहरासहित तीन भ¥याङ भत्काइयो

एक्सप्रेस पाना
भाद्र ११, २०७९ शनिबार
  • 424
    SHARES
  • ढुङ्गेधाराको सात टहरासहित तीन भ¥याङ भत्काइयो

    काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा अवैध रूपमा खडा गरिएका संरचना भत्काउने अभियान जारी राखेको छ। 

    images

    नक्सा पासबिना तथा सार्वजनिक क्षेत्र अतिक्रमण गरी बनाइएका संरचनामा डोजर लाउने काम आज पनि भइरहेको छ। मेयर बालेन्द्र शाह डोजर लिएर आज बालाजु वनस्थली क्षेत्र पुगेका छन्।

    महानगर प्रहरी र नेपाल प्रहरीसहितको टोलीले बनस्थली चोकमा रहेका टहरा भत्काएको हो। डोजर चलाउने क्रममा केही स्थनीयले विरोध गरेका थिए। तर, महानगरपालिकाले भने अवैध भएको भन्दै भत्काइदिएको छ। अवैधरुपले बनाइएका  संरचना भत्काउने क्रममा आज काठमाडौँ महानगरपालिकाले वनस्थली चोकबाट ढुङ्गेधारा जाने बाटोमा रहेको सात टहरा र तीनवटा भ¥याङ हटाएको छ । गत मङ्गलबारदेखि कामपाले नक्सा पासअनुरुप निर्माण नभएका र नक्सा पासअनुरुप निर्माण भए पनि सोहीअनुरुप प्रयोग नभएको संरचना अवैध भएको भन्दै त्यस्ता संरचना हटाउँदै आएको छ । कामपाका नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार उक्त स्थानका अवैधरुपले बनाइएका सात टहरासहित सडकबाट नै घरमा राखेको तीनवटा भ¥याङ भत्काइएको हो ।

    images

    उक्त अभियानअन्तर्गत हालसम्म बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सका अवैधरुपले बनाइएका संरचना, काठमाडौँ मलका अवैधरुपले बनाइएका संरचना, आरबी कम्प्लेक्सका १४ साना पसल र बानेश्वरस्थित अल्फाबिटामा निर्माण गरिएको संरचना भत्काइएको छ । दरबारमार्गमा रहेका अवैध संरचना पनि तत्काल हटाउन कामपका प्रमुख बालेन्द्र साहले निर्देशन दिनुभएको छ । आनाकानी गर्दै आएका ती संरचनामा डोजर चलाउन महानगर बाध्य हुने बताइएको छ ।  

    अवैधरुपले बनाइएका संरचना घरधनीलाई नै भत्काउन वा निर्माण गरिएअनुसार प्रयोग गर्न लगाउने भन्दै कामपाले ३५ दिने सूचना जारी गरेको थियो । सार्वजनिक सूचना बेवास्ता गरेपछि अवैध संरचना हटाउन थालिएको हो । अवैध संरचना हटाएसँगै हाल उपत्यकामा भइरहेको पार्किङको समस्या २५ प्रतिशतले समाधानसँगै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने कामपाको विश्वास छ ।

    नक्साअनुरुप निर्माण नभएका, निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएका र सार्वजनिक जग्गा मिचेर निर्माण भएका संरचना अवैध ठहर गर्दै कामपाले भत्काउन थालेको हो । हाल बेसमेन्ट र भूमिगत पार्किङ राख्ने शर्तमा कर छुट लिइरहेका ३५ भवन रहेको कामपाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बालेन