आइतबार, कार्तिक १६ गते २०८३
images
images

हेलम्बु राजमार्ग पुन अवरुद्ध

एक्सप्रेस पाना
भाद्र १३, २०७८ आइतबार
  • 333
    SHARES
  • हेलम्बु राजमार्ग पुन अवरुद्ध

    भदौ १३ सिन्धुपाल्चोक । लगातारको अविरल बर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग फेरि अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    images

    पहिरो पन्छाएर सडक संचालनमा ल्याउन बर्षा बाधक रहेको र निकै जोखीम रहेकाले अहिले बैकल्पीक सडक प्रयोग गर्न ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले आग्रह गर्नुभएको छ । साउन अन्तिम देखिनै यहाँ निरन्तर माथि बाट पहिरो र तलबाट खोलाले सडक कटान गरिरहेको छ ।