आइतबार, कार्तिक १६ गते २०८३
images
images

विप्लव निकट अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन असोजमा

एक्सप्रेस पाना
भाद्र १३, २०७८ आइतबार
  • 327
    SHARES
  • विप्लव निकट अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन असोजमा

    काठमाडौं, १३ भदौ ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)ले आगामी असोज महिनामा २२औँ राष्ट्रिय सम्मलेन गर्ने भएको छ । २२औँ राष्ट्रिय सम्मेलन आयोजक समितिको १०/११ भदौमा बसेको पूर्ण बैठकले आगामी ६, ७ र ८ असोजमा राष्ट्रिय सम्मेलन पोखरामा गर्ने निर्णय गरेको हो । 

    images

    आयोजक समितिले चिरन्जीवी ढकालको संयोजकत्वमा ३८ सदस्यीय २२औँ राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको जानकारी दिएको छ ।

    समितिका संयोजक ढकालले बैठकले ४ वटा महत्त्वपूर्ण निर्णय गरेको भन्दै २२औँ राष्ट्रिय सम्मेलनसँग सम्बन्धित विभिन्न उपसमितिहरू पनि गठन गरेको बताए ।   

    images

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी०ले विधान तथा प्रतिवेदन लेखन उपसमितिको संयोजकमा चिरन्जीवी ढकाललाई तोकेको छ । त्यस्तै, सदस्यहरूमा प्रकाश शाही, वीरेन्द्र बिक, मिलन राई, वीरेन्द्र शाख र शारदा भण्डारी रहेका छन् । यसैगरी आर्थिक उपसमितिमा संयोजक प्रकाश शाहीलाई तोकिएको छ भने मिलन राई, नवराज भट्ट, अटल पाण्डेलगायत सदस्यहरू रहेका छन् ।  

    ढकालले सम्मेलनमा शैक्षिक आन्दोलन, राष्ट्रियता र जनजीवीकासँग सम्बधित विषयहरूमा संघर्ष केन्द्रित गर्ने निर्णय गरेको जानकारी दिए ।न्युज कारखाना