एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम हस्पटले लगातार तेस्रो जित निकालेको छ ।
आइतबार साँझ सम्पन्न खेलमा घरेलु टोली टोटनहमले पाहुना टोली वाटफोर्डमाथि १(० गोलको कठिन जित निकालेको हो ।
टोटनहमको मैदानमा घरेलु टोलीलाई जिताउन सन हिउङ–मीनले निर्णायक गोल गरे । उनले खेलको ४२औं मिनेटमा गरेको गोल नै टोटनहमको जितमा पर्याप्त बन्यो ।
उक्त जितसँगै टोटनहमले लगातार तेस्रो जित दर्ता गर्दै शीर्ष स्थान कब्जा गरेको छ । यसअघि उसले साविक विजेता म्यानचेस्टर सिटी र वुल्भ्सलाई हराएको थियो । ३ खेलमा जित निकालेको टोटनहमले ९ अंक जोड्दै शीर्ष स्थान बनाएको हो ।
यता पराजित वाटफोर्ड भने ३ अंकसहित १२औं स्थानमा छ ।
.jpg)


