आइतबार, कार्तिक १६ गते २०८३
images
images

कस्तो छ आजको मौसम ? भोलिबाट मौसममा सुधार आउने

एक्सप्रेस पाना
भाद्र १४, २०७८ सोमबार
  • 239
    SHARES
  • कस्तो छ आजको मौसम ? भोलिबाट मौसममा सुधार आउने

    काठमाडौं, १४ भदौ। नेपालमा सोमबार पनि मनसुनी वायुको प्रभाव रहेको छ। जसकारण बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको छ ।

    images

    पछिल्लो तीन र चार दिनको झरीपछि मौसममा केही सुधार भए पनि पानी भने पर्ने देखिन्छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो धेरै स्थानमा वर्षाको सम्भावना छ।  लुम्बिनी, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना पनि छ । तर, शनिबारको जस्तो अतिभारी वर्षाको सम्भावना भने नरहेको महाशाखाले जानकारी दिएको छ ।

    images

    मंगलबार मौसममा थप सुधार आउने छ । मंगलबार सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना छ।न्युज कारखाना