आइतबार, कार्तिक १६ गते २०८३
images
images

नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध

एक्सप्रेस पाना
भाद्र १४, २०७८ सोमबार
  • 353
    SHARES
  • नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध

    भदौ १४ काठमाडौं । लगातार आएको अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ । त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिएका छन् ।

    images

    अहिले राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारी साधन लाइनमा बस्नु परेको छ । पहिरो पन्छाउनका लागि प्रहरीको टोली घटनास्थलसम्म पुगिसकेको उनले बताए । सुरुङ मार्ग निर्माण भइरहेको सिस्ने खोला नजिकै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमाथिबाट पहिरो खस्दा पटक पटक राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेपिरहेका छन् ।