आइतबार, कार्तिक १६ गते २०८३
images
images

खोचलेकमा स्कारपिओ दुर्घटना, चालक घाइते

एक्सप्रेस पाना
भाद्र १४, २०७८ सोमबार
  • 218
    SHARES
  • खोचलेकमा स्कारपिओ दुर्घटना, चालक घाइते

    भदौ १४ बैतडी । बैतडीको खोचलेकमा स्कारपिओ दुर्घटना हुँदा चालक घाइते भएका छन् । दार्चुलाको गोकुलेश्वरबाट महेन्द्रनगर जाँदै गरेको बा१२च४२४० नम्बरको स्कारपिओ सोमबार बिहान साढे सात बजे बैतडीको दोगडाकेदार गाउँपालिका ३ खोचलेकमा दुर्घटना भएको हो ।

    images

    र्दुघटनामा चालक हरिश बोहरा घाइते भएका छन् । उनको खोचलेकस्थित क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । महेन्द्रनगरबाट बुकिङमा आएको स्कारपिओ महेन्द्रनगर फर्किने क्रममा दुर्घटना भएको हो । स्कारपिओमा सवार अर्का यात्रु दानसिंह भाट सकुशल छन् ।