भदौ २६ काठमाडौं । डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एन आई सी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो केवाईसी सेवाको शुभारम्भ गरेको छ । यस बैंकमा अनलाईन खाता खोल्ने स्वदेश वा विदेशमा रहनुभएका ग्राहक महानुभावहरुले भिडियो कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण बैंकलाई सहज रुपमा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।
बैंकको वेबसाइट www.nicasiabank.com मार्फत अनलाईन बाट खाता खोल्दा ग्राहकहरुलाई KYC विवरण सम्बन्धमा दुइ विकल्प राखिएको छ । जसमा, ग्राहकले आफ्नो KYC आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्वन्धित बैंक कर्मचारीसँग भिडियो कल गरि उक्त कल मार्फत KYC विवरण अद्यावधिक गर्ने भन्ने विकल्प दिने यवस्था गरिएको छ ।
यदि V-KYC मार्फत आफ्नो KYC जानकारी सम्वन्धित बैंकलाई उपलब्ध गराउने हो भने ग्राहकहरुले आफ्नो अनुकुल समय अनुसार सम्वन्धित बैंकका कर्मचारीलाई बैंकको कार्यालय समयमा सम्पर्क गर video call मार्फत आफ्नो kyc विवरण बैंकलाई उपलब्ध गराउन सक्नुहुनेछ वा बैंकिङ्ग समयमा v-kyc को लागि ब्उउयष्लतmभलत द्यययप गरि सो समयमा प्थ्ऋ विवरण अद्यावधिक गर्नु पर्ने छ । ग्राहकहरुले ख्(प्थ्ऋ को लागि ऋबिि गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता÷पासपोर्ट÷ड्राइभिब लाइसेन्स÷ख्यतभच ऋबचम) तथा सेतो कागज र कालो÷निलो मसी भएको पेन आफूसँग राखि बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त ख्ष्मभय ऋबिि मार्फत देखाउनु पर्ने हुन्छ ।
ख्ष्मभय प्थ्ऋ मार्फत प्थ्ऋ विवरण अद्यावधिक गरे पश्चात् ग्राहकमहानुभावहरुले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सक्नुहुनेछ । ख्(प्थ्ऋ मार्फत आफ्ना विवरणहरु अद्यावधिक गरि बढि भन्दा बढि लाभ ग्रहण गर्न बैंकले समस्त ग्राहकवर्गमा हार्दिक अनुरोध गरेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु¥याउन उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै स्थापना कालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १९ अर्ब ९२ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा करिब रू.३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन बैंक सफल भएको छ ।
जुन समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाब, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।


