आइतबार, कार्तिक १६ गते २०८३
images
images

अध्यक्ष प्रचण्डले भने ,माओवादी पुन एक नम्बर पार्टी नबनेसम्म देश बन्दैन 

एक्सप्रेस पाना
भाद्र १४, २०७८ सोमबार
  • 196
    SHARES
  • अध्यक्ष प्रचण्डले भने ,माओवादी पुन एक नम्बर पार्टी नबनेसम्म देश बन्दैन 

    भदौ १४ काठमाडौं । नेकपा(माओवादी केन्द्रका) अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ ले माओवादी फेरि एक नम्बर पार्टी नभइ देशको विकास नहुने बताएका छन् ।

    images

    सोमबार सर्लाही–काठमाडौं सम्पर्क समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले माओवादीविना देशमा स्थायित्व र विकास नहुने उनले बताए ।

    उनले भने, ‘जबसम्म माओवादी फेरि एक नम्बर पार्टी हुँदैन तबसम्म यो देशमा स्थायित्व र विकास हुँदैन । दलाल, जाली फटाहाले मधेसको मसिहा बनेर कसरी जनतालाई नै चुस्छन् भन्ने अभियान लिएर जानुहोस् ।’

    images

    साथै, अब मधेसमा अरु पार्टीले होइन माओवादीले कब्जा जमाउने पनि बताएका छन् । अध्यक्ष प्रचण्डले भने, ‘मधेसमा अरु पार्टीले होइन माओवादीले कब्जा जमाउनेछ । यसले मधेस र देशमा पनि बलियो सन्देश जानेछ ।’